Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले आज पुनः बैठक अवरुद्ध गरेको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले यसअघि पनि पटक पटक संसद् बैठक अवरोध गर्दै आएको थियो । दुई दिनसम्म तीन चरणमा चलेको तीन दलका शीर्ष नेताहरूको बैठकपछि आज एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको थियो ।

सोही अनुसार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले जवाफ पनि दिएका थिए । तर, उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले पुनः संसद् बैठक अवरोध गरेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।

तपाईको प्रतिक्रिया