Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन ३ गते बरामद भएको १०० केजी सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाटै अनुसन्धान टुंग्याउन दिनुपर्ने बताएका छन् । सुन तस्करी र ललिता निवास प्रकरणमा मंगलबार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यसो भनेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको समितिले ७ हजारदेखि ९ हजार ९०० केजी सुन आएको भनेको पनि उनले स्मरण गराए । ‘अहिले सिपमेन्टको आधारमा धेरै सुन आएको अनुमान छ । ट्रान्स नेशनल कनेक्सनसहित त्रिभुवन विमानस्थललाई ट्रान्जिट प्वाइन्ट बनाइँदैछ । हिजो पनि भएको थियो भनेर अहिले चुप लागेर बस्न मिल्दैन’, उनले भने, ‘सुन तस्करीका दोषीहरुलाई कानुनी दायरामा ल्याउनै पर्छ । तर उच्चस्तरीय छानबिन समिति किन नबनाउने? भन्ने कुरा आएको छ। तर यसअघि संसदीय समिति पनि बनाएको हेर्यौँ हामीले, त्यसको एउटा पनि प्रतिवेदन कार्यान्वयन भएन ।’

उनले यसअघिको समितिले पनि ३३ केजीमध्ये एक तोला पनि सुन पत्ता लगाउन नसकेको उनले बताए । ‘सीआईबीले यदि गर्न सकेन भने हामी त्यसपछि विकल्पमा जाउँला । यो मन्त्रिपरिषद्ले कानुन लगाउन सकेन भनेर अर्को समानान्तर सरकार बनाऊँ भन्न मिल्छ र?’, उनले भने, ‘राज्यका मूलभूत मान्यता छन् । यो ३५ दिनमा सीआईबीको छानबिनमा दुर्नियत देखिए उच्चस्तरीय समिति बनाऊँ । यसलाई डिरेल गर्ने काम नगरौँ ।’

तपाईको प्रतिक्रिया