Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले सुन प्रकरणमा उच्चस्तरीय छानबिन बनाउने विषयमा राष्ट्रिय सहमति बनेको बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणको छानबिनको अपेक्षा गरे पनि उच्चस्तरीय छानबिन गर्न सरकार किन पछि हट्दैछ भन्ने प्रश्न गरेका हुन् ।

सांसद भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ भन्दै प्रहरी र राजश्व अनुसन्धान विभागले गृहमन्त्री र अर्थमन्त्रीको बयान लिन नसक्ने बताए । उनले गृहमन्त्रीले पछिल्लो समय भ्रष्ट्राचार गर्नेलाई छोड्दिन भन्दै सार्वजनिक रूपमा राम्रो भाषण गरिरहेपनि आफ्नो पार्टीका नेताको नाम आएको इ-सिगरेटमा सुन भित्र्याएको प्रकरणमा छानबिन गर्न चासो नदेखाएपछि आफूहरूले उच्चस्तरीय छानबिनको माग गरे ।

विगतमा पनि सुडान घोटालामा पनि उच्चस्तरीय छानबिन समितिले छानबिन गरेपछि वरिष्ठ प्रहरीहरू जेल गएको बताउँदै सुन प्रकरणमा पनि उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको स्पष्ट गरे । कानुनी अड्चनलाई फुकाउन र नयाँ कानुनको प्रबन्ध गर्न पनि उच्चस्तरीय समिति आवश्यक रहेको सांसद भट्टराईको भनाई छ ।

तपाईको प्रतिक्रिया