Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। रोल्पाको बागमाराबाट दाङ घोराही तर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए।

बस तिला बजार नजिकैको रिसि घुम्ती भन्ने स्थानमा सडकबाट झण्डै १ सय मिटर तल खसेको छ। मृतकहरुको सनाखत हुन सकेको छैन। यसैगरि दुर्घटनामा परि ५ जना गम्भिर घाईते भएका छन्। उनिहरुलाई उपचारका लागि घोराही ल्याईँदैछ। बसमा १८ यात्रु सवार रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया