Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थितिमा सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो। आयोजना प्रमुख नवीनमान श्रेष्ठका अनुसार सहायक टनेल (इभ्याक्युएसन) खन्ने काम पूरा भएको हो। यो आपतकालीन अवस्थामा उपयोगी हुनेछ। श्रेष्ठका अनुसार २.५५७ किलोमिटर दूरीको सुरुङमा अब फिनिसिङको काम गरिने छ।

मुख्य सुरुङ निर्माणको काम भने जारी छ। मुख्य सुरुङ पनि चार महिनाभित्र ‘ब्रेक थ्रु’ हुने आयोजनाको दाबी छ। २.६८८ किलोमिटरमध्ये २.१६३ किलोमिटर खनिसकिएको छ। अर्थात अब ५२५ मिटर खन्न बाँकी छ। कुनै समस्या नआए २०८१ पुससम्म सुरुङमार्ग सवारीसाधन चलाउनका लागि तयार हुने आयोजनाले बताएको छ । सुरुङमार्गको निर्माण २०७६ कात्तिकबाट सुरु भएको हो। कोभिडका कारण काम प्रभावित भएपछि आयोजनाको दोस्रो पटक थपिएको म्याद २०८१ वैशाख १३ सम्म छ ।

 

तपाईको प्रतिक्रिया