Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटक–पटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय प्रतिनिधि सभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्ष नेताहरु जिम्मेवार नदेखिएको उनीहरुको आरोप छ।

सोमबार पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोप लगाएका छन्। पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन्। ‘कैयौं कानुन बनाउनुपर्नेछ, कैयौं कानुनमा संशोधन गर्नुपर्नेछ। जनसरोकारका कैयौं मुद्दामा छलफल र निर्णय गर्नुछ। तर संसद् चल्दैन, बार्गेनिङ चल्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।

रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद् अवरुद्ध हुँदै आएको भन्दै आपत्ति जनाए। ‘संसद्‌मा महत्त्वपूर्ण विधेयकमाथिको छलफल हुन सकेको छैन, जनताको मुद्दामाथि बहस भइरहेको छैन’, उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका नाममा तीन पार्टीले सदनलाई बन्धक बनाउने कामको रास्वपाले विरोध गर्छ।’

 

तपाईको प्रतिक्रिया