Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दुई सातादेखि जारी सदनको गतिरोध हटाउन बसेको शीर्ष नेताहरूको छलफल निष्कर्षविहीन भएको छ । प्रमुख तीन दलका शीर्ष नेता र सचेतक सहभागी बैठकमा कुनै सहमति नभएको हो ।

नेताहरूबीच सहमति जुट्न नसक्दा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेको अवरोधपछि आजको राष्ट्रिय सभा बैठक स्थगित भइसकेको छ ।

शीर्ष नेताहरूको छलफल साढे ३ बजे फेरि सुरु हुने बताइएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया