Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा प्रश्नपत्र आउट गर्ने र अमर्यादित कार्य गर्ने ५७ जनालाई कारबाही गरेको छ। काउन्सिलले ७ जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा नै दिन नपाउने गरी कारबाही गरेको छ भने ५० जना अन्य विद्यार्थीको नतजा स्थगित गरेको छ।

काउन्सिलले तीन वर्षसम्म परीक्षा दिन नपाउने विद्यार्थीमध्ये चार जनाको परीक्षा रद्ध गरेको छ भने तीन जनाको परीक्षाफल रद्ध गरेको छ। काउन्सिलले असार २३ गते लिएको परीक्षामा प्रश्नपत्र आउट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। यस्तै ९ जना भने फरार छन्।

 

तपाईको प्रतिक्रिया