Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको छ ।

उनले भने, ‘संसदीय समितिमा दलहरुबीच पावरसेरिङ मिलिसकेको छ । आज हाउस बस्यो भने समितिको सभापतिको विषय टुंगिन्छ ।’ केही दिनमै सबै समितिले नेतृत्व पाउने उनको भनाइ छ । ‘सभापति दिने दलहरुको आन्तरिक विषय हो । अब केही दिनमै सबै समितिले नेतृत्व पाउँछन्,’ उनले भने ।

प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरु छन् । एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ । यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउने छ । संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ । विषयगत समितिमा गठबन्धन दलबीच आजै सहमति हुने छ ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच समिति सभापतिमा भागबण्डा हुँदा रास्वपा र राप्रपालाई भने बाइपास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया