Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

 

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

आज बिहान सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकमा दलका नेता प्रचण्डले सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यस्तै, संसदीय समितिका सभापति चयनका लागि सत्ता र प्रतिपक्ष दलका नेताहरूसित छलफल गरिने भएको छ । बैठकमा प्रचण्डले त्यस विषयमा छलफल अघि बढाइने बताएको सचेतक पाण्डेले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया