Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वीजरल्याण्ड प्रस्थान गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि टर्किस एअरको विमानद्वारा आज बिहान ७: ३० बजे इस्तानवुल हुँदै जेनेभा प्रस्थान गरेका हुन ।

सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा जानकार अध्यक्ष नेपाल रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । ‘सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ’ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको सचिवालयले जनाएको छ । उनी भदौ १ गते स्वदेश फर्कने छन् ।

तपाईको प्रतिक्रिया