Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको इबाराकी चुकुवा सिटीमा मृत्यु भएका रुकुम पूर्व लाबाङ्गका ३४ वर्षीय अमृत बुढा मगरका परिवारलाई ४ लाख ४१ हजार ७४० पठाइएको छ । गत मेको ४ तारिखमा आफ्नै कोठामा मृत भेटिएका बुढा मगरका परिवारलाई जापानमा कृयाशील विभिन्न संघसंस्थाको सहयोगमा सो रकम पठाइएको हो ।

उनी मृत भेटिएको खबर सुन्नासाथ नेपाल मगर संघ जापान, राप्ती समाज जापान र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको समेत सक्रियतामा खोज खबर गरी नेपालको परिवारको अनुमतिले जापान मै दाहसंस्कार गरिएको थियो । नेपाल मगर संघ जापानले मगर संघका उपाध्यक्ष प्रेम प्रकाश रोका मगरको संयोजकत्वमा राप्ती समाज जापान, रोल्पा समाज जापानको महासचिव गुरुप्रसाद राना मगर, रुकुमेली समाज जापान र अभियन्ता देव पुन मगरको सहकार्यमा यो कार्य सम्पन्न गरिएको हो ।नेपाल मगर संघ जापानले १,११,५००, रोल्पा समाज जापानले ८०,०००, डायमण्ड नारिताले ३९,०००, रुकुमेली समाज जापानले ६४,६११ र राप्ती समाज जापानले १,५९,००० सहयोग गरेको छ । मृतकको बैंक खातामा रहेको ३५,००० गरी जम्मा ४,८९,१११ भएकोमा अस्तु नेपाल पठाउदा खर्च १० हजार खर्च भएको थियो । बचेको नेपाली रू ४,४१,७४० मृतकको आमाको खातामा नेपाल पठाईएको हो ।

यसमा विशेष सहयोग र सहजिकरण एनआरएनए जापानका अध्यक्ष नविन निउरे र राप्ती समाज जापानका संस्थापक अध्यक्ष विशेस्वर रेग्मीले गरेका थिए । यस अभियानमा सहभागिता संघसंस्था, अभियन्ता र सहयोगीहरुलाई धन्यवाद दिइएको छ ।

तपाईको प्रतिक्रिया