Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा वामी सेवा समिति जापानको शुभकामना आदानप्रदान, दर खाने तथा विशेष साँगीतिक धमाकासहित तीज विशेष कार्यक्रम हुने भएको छ ।

हरेक वर्ष तीजको अवसरमा आफ्ना चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम सहित तीज विशेष साँगीतिक धमाका गर्दै आएको वामी सेवा समितिले यो वर्ष पनि आगामी सेप्टेम्बर १३ तारिख बुधबारका दिन सो कार्यक्रम गर्न लागेको संस्थाका वरिष्ठ उपाध्यक्ष दिलिप थापाले समुद्रपारिलाई बताउनुभयो ।

आफ्नो गाउँ ठाउँ र बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, राहत सेवा जस्ता क्षेत्रमा थुप्रै उदाहरणीय कार्यहरु गर्दै आएको वामी सेवा समिति जापानले उक्त कार्यक्रममा सहभागिताका लागि समस्त वामेलीहरुका साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अपील गरेको छ ।

कार्यक्रम कामाता स्थित दौतरी रेष्टुरेन्ट, हिगाशी गुची (Kamata 5-21-13, Ota-Ku, Tokyo 144-0052) मा अपरान्ह ३ बजेदेखि राती ११ बजेसम्म हुने बताईएको छ ।
कार्यक्रममा तीजको अवसरमा शुभकामना आदानप्रदान गरिने र चेलीबेटीहरुलाई दर खुवाउनुका साथै तीज विशेष साँगीतिक प्रस्तुतीहरु रहने बताईएको छ । ***

तपाईको प्रतिक्रिया