Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – माओवादी केन्द्रले तीन महिने अभियानका लागि प्रदेश संयोजकहरूको जिम्मेवारी हेरफेर गरेको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठानको सभा हलमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी’ नामको ३ महिने अभियानका लागि नयाँ प्रदेश संयोजकहरू तोकेका हुन् ।

माओवादी केन्द्रले कोशी प्रदेशका लागि बलदेव खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीका लागि जनार्दन शर्मा, गण्डकीका लागि देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीका लागि मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यलाई प्रदेश संयोजक बनाएको छ ।

सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जनवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुनलाई जिम्मेवारी तोकेको छ ।

यसअघि वाग्मतीमा हितमान शाक्य, कोशीमा राम कार्की, मधेसमा गणेश साह, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए ।

तपाईको प्रतिक्रिया