Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – वन्डर्स नेपाल प्रालिले काठमाडौँको कमलादीमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’का लागि सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ ।

यसका लागि योजना अनुमति, उचाइ अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्र लगायतका सरकारी मापदण्ड पूरा गरिसकेको वन्डर्स प्रालिले स्पष्ट पारेको हो  ।

स्काई वाक आधिकारिक रूपमा सञ्चालनमा आएको एक महिना पुगेको अवसरमा वन्डर्स प्रालिले स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थिति रहेको भन्दै आफूहरू उत्साही भएको पनि वन्डर्स प्रालिले जनाएको छ ।

‘नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरूबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरू जस्तै:- श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरू समेतलाई पूर्ण रूपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौँ र आगामी दिनहरूमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरूलाई पूर्ण रूपमा परिपालना गर्न हामी प्रतिबद्ध छौँ,’ वन्डर्स प्रालिले आफ्नो पत्रमा उल्लेख गरेको छ, ‘हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसबापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानुन बमोजिम कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ ।’

स्काई वाक भ्रमण गर्ने आगन्तुक, यस व्यवसायलाई सञ्चालनमा ल्याउन सहयोग गर्ने कम्पनीका शेयरधनी तथा कर्मचारीहरू, नेपाल सरकार, काठमाडौं महानगरपालिकासहित मातहतका निकाय तथा स्थानीयहरूलाई सञ्चालक कम्पनीले धन्यवादसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया