Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चालु आर्थिक वर्षमा वैदेशिक रोजगारी र घुमघामका लागि विभिन्न देश गएका ८० नेपालीलाई ती देशको विमास्थलबाटै फर्काइएको छ ।

साउन १ गतेदेखि २० गतेसम्मको अवधिमा रोजगारी र भ्रमणका लागि १६ देश गएका उनीहरूलाई सम्बन्धित देशको विमानस्थलबाटै फर्काइएको अध्यागमन विभागले जनाएको छ । यस्तोमा सबैभन्दा बढी जापानबाट फर्काइएकाहरू छन् । २० दिनको अवधिमा जापानबाट मात्र १३ जनालार्ई फर्काइएको छ। यस्तै रसियाबाट ११ जना, भारतबाट १० जना, युएईबाट ८ जनालाई फर्काइएको हो ।

त्यसैगरी, दक्षिण कोरियाबाट ७ जना, रोमानियाबाट ६ जना, मलेसियाबाट ५ जना, कुवेतबाट ४ जना, न्युजिल्याण्ड र सिंगापुरबाट ३-३ जना, अजरबैजान, पोल्याण्ड, कतार र बेलायतबाट २-२ जना तथा थाइल्याण्ड र कम्बोडियाबाट १-१ जनालाई विमानस्थलबाटै फर्काइएको हो ।

उनीहरूलाई ती देशमा प्रवेश गर्ने क्रममा नाम मिस म्याच भएर, उक्त देशको अध्यागमन नियम नजानेर, भ्रमणको उद्देश्य प्रष्ट पार्न नसकेर, पासपोर्ट वा भिसामा सामान्य त्रुटि भएर, शंकास्पद यात्रा गरेको देखिएर र सम्बन्धित देशमा ब्ल्याकलिस्टेड (दोस्रो पटक जाँदा) भएका कारण फर्काइएको हो ।

तपाईको प्रतिक्रिया