Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘मोबाइल क्लिनिक’का लागि प्रयोग गरिएको गाडी परिवर्तन हुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत कारण नखुलाएरै गाडी परिवर्तन गर्न लागिएको बताएका हुन् ।

मोबाइल क्लिनिक चालू रहेको पनि उनले बताए । ‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो । मोबाइल क्लिनिक चालू छ । आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ,’ सभापति लामिछानेले भनेका छन् ।

चितवन २ बाट निर्वाचित संघीय सांसदसमेत रहेका लामिछानेले ब्लु बसमा पनि कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । ‘यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ । ब्लु बसमा पनि कुनै समस्या छैन । मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला,’ उनले अगाडि भनेका छन् ।

एम्बुलेन्स गैरकानूनी रूपमा रंग परिवर्तन गरेको ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा परेको थियो । विवादपछि एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने तयारी छ ।  विसं. २०६९ मा भारत सरकारले पुरानो मेडिकल कलेजलाई सहयोगस्वरूप दिएको थियो ।  नियमानुसार लाग्ने भन्सार तथा करमा नेपाल सरकारले कर छुट दिएको एम्बुलेन्स नियम अनुसार अहिले पत्रु बनाउनुपर्ने हो ।

२०६९ असार २६ गते नारायणी यातायात कार्यालयमा ना २ च ५६१६ नम्बरमा दर्ता भएको तर पाँच वर्षदेखि नवीकरणसमेत नभएको एम्बुलेन्स राष्ट्रिय एम्बुलेन्स निर्देशिकाविपरीत २०८० साउन १४ गते नवीकरण गरेर गैरकानुनी रूपमा प्रयोगमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया