Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्दैछन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि श्रेष्ठले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न लागेका हुन्। कार्कीको आज सर्वोच्च अदालतले बिदाइ गर्दैछ। कार्की अनिवार्य अवकाशमा गएपछि वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको रुपमा स्वत: न्यायपालिकाको नेतृत्व पाएका हुन्।

साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिसकेको छ। सर्वोच्चमा हाल बहाल रहेका १४ जना न्यायाधीशमध्येबाट परिषद्ले वरिष्ठतम् न्यायाधीश श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो। तर उहाँको संसदीय सुनुवाइ पक्रिया बाँकी नै छ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्। उनी सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश बन्नेछन्। प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि संवैधानिक परिषद्ले ढिला गरी नाम सिफारिस गर्दा श्रेष्ठले तत्काललाई कामुको रुपमा काम गर्नुपर्ने भएको हो। संसदीय सुनुवाइ समितिले उजुरी आव्हानका लागि १० दिने सूचना जारी गर्छ। त्यसपछि उजुरीमाथि छलफल हुन्छ। छलफलपछि मात्रै श्रेष्ठको नाम अनुमोदन प्रक्रियामा जान्छ।

 

तपाईको प्रतिक्रिया