Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – सर्जक तथा गायक विपिन केसीको प्रस्तुति रहेको गीत ‘केही हुँदैन मेरो राजालाई…’ सार्वजनिक भएको छ । विपिनको गीतलाई चर्चित गायिका इलिना चौहान र जया देवकोटाले स्वर दिएका छन् । गीत विपिन केसी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीत माया गर्ने जोडीको पीडालाई समेटेर तयार पारिएको छ । जीवन सँगै जिउने सपना बुनेर बिहे गरेको प्रेमील जोडीको दुर्घटनाले लुटिएको खुसीलाई शब्दमार्फत बोलिएको गीत निकै मार्मिक बनेको छ ।

एकअर्काप्रतिको माया तथा ‘केयर’ले सुन्दर बनिरहेको जीवनमा प्रेमी दुर्घटनामा पार्दा सबै सकिएको भाव बोलेको गीत युवादेखि पाकासम्मलाई लक्षित गरी निर्माण गरिएकाले श्रोता दर्शकले रुचाउने अपेक्षा गरिएको छ । केसी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाका सदस्यसमेत हुन् ।

रोसेल थापाले निर्देशन गरेको गीतको म्युजिक भिडिओमा सागर लम्साल र उषा सुवेदीको अभिनय देख्न सकिन्छ । रमेश विष्ट र करिष्मा देवकोटाको सहायक अभिनय छ । भिडिओ अनिल रानाले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया