सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

काठमाण्डाै – नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३–१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो।

पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा दुई गोल गरेको हो । उसका इन्ड्रिड इन्गेन, रिसा शिमिजु र हिनाता मियाजावाले गोल गरे । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन्। आजै भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन पनि क्वाटरफाइलनमा पुगेको छ । विश्व कपमा आजदेखि नकआउट चरणका खेल शुरु भएका हुन् ।

 

तपाईको प्रतिक्रिया