Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एक वर्षपछि सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक बसिरहँदा सभापति देउवाका विश्वासपात्र बालकृष्ण खाँण केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर भ्रष्टाचारमा संलग्न भएबापत उनी एक महिनादेखि कारागारमा छन् । शक्तिकेन्द्र बनेर राजनीतिमा रमाउँदै आएका उनी जेलमा के गर्दै होलान् ? आम नागरिकको लागि स्वाभाविक चासो हो । वैशाख २७ गते पक्राउ परेका उनले हिरासत र जेल गरेर झण्डै दुई महिनादेखि कैद जीवन बिताइरहेका छन् ।

एक वर्षअघिसम्म राज्यले उनलाई नागरिकको सुरक्षाको जिम्मेवारी दिएर गृह मन्त्रालयको कमाण्ड सुम्पिएको थियो । त्यही अवधिमा नागरिकलाई नक्कली शरणार्थी बनाएको कसुरमा उनी जेल पुगेका छन् । तर उनीमा अझै पनि राजनीतिक धङधङी हराएको छैन । जेलमा पनि उस्तै रवैया छ । हरेक दिन ६० जना भन्दा बढी नेता कार्यकर्ता भेट्छन् । हरेकसँग आफूलाई फसाइएको गुनासो गर्दै अन्ततः सफाइ पाउनेमा ढुक्क छन् ।

दुब्लाए खाँण
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण जेल गएको डेढ महिना भयो । यो बिचमा उनकी श्रीमती मञ्जु खाँण भने अहिलेसम्म ३ पटक मात्रै श्रीमानलाई भेट्न सुन्धारा पुगेकी छिन् ।

दुःख सुखमा सबैभन्दा नजिकबाट साथ दिनुपर्ने खाँणकी कान्छी श्रीमती मञ्जु हप्तामा एक पटक पनि श्रीमान् भेट्न जेल पुग्दिनन् । जेल प्रशासनका अनुसार उनी अहिलेसम्म तीन पटकमात्रै श्रीमान् भेट्न जेल पुगेकी छिन् ।

खाँणलाई भर्खरै भेटेर फर्किएका उनका एक शुभचिन्तककाअनुसार जेल परेपछि खाँण दुब्लाएका छन् । खाँणले भने योगा गर्न थालेपछि शरीर पातलो बनेको बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया