Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पृथ्वीको पूर्वी-पश्चिमी भाग जोड्ने र समुन्द्री यातायात र परिवहनको घाँटी मानिएको स्वेज नहर क्षेत्रलाई इजिप्ट सरकारले थप व्यवस्थित बनाउने भएको छ । इजिप्ट सरकारले बिहीवार स्वेज नहर आर्थिक क्षेत्रको लागि लगानी व्यवस्थापन गर्न ‘एस् सि जोन इस्थिमार’ भनिने संयुक्त स्टक कम्पनी स्थापना गर्न स्वेज नहर आर्थिक क्षेत्र प्राधिकरणलाई अधिकार दिएको हो ।

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले कम्पनी स्थापना गर्ने कदमलाई स्वीकृति दिनुभएको इजिप्ट सरकारले जनाएको छ । इजिप्टको राजपत्रमा प्रकाशित निर्णयअनुसार एससीजोन इस्थिमार अहिले र भविष्यको लगानी व्यवस्थापन गर्न र निजी क्षेत्रसँग संयुक्त विकासको परियोजना स्थापना गर्न रणनीतिक योजनाहरू निर्माण गर्ने जिम्मेवारी दिइएको छ । कम्पनीले एससीजोनको पूर्वाधार सञ्चालन गर्न स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य र साझेदारी गर्नसक्ने बताइएको छ ।

इजिप्ट सरकारले गत जुन महिनामा उद्योग र नौसेना सेवाको लगानीका लागि स्वेज नहर होल्डिङ कम्पनीलाइ निर्माणको जिम्मेवारी दिएको थियो । जसको मुख्यालय इस्माइलियामा छ । अगस्ट २०१५ मा स्थापित एस् सि जोन स्वेज नहर ४६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्वेज नहरको किनारमा छ वटा ठूला बन्दरगाह र चारवटा औद्योगिक विकास क्षेत्रहरू छन् । स्वेज नहर एक महत्ववपूर्ण व्यापार मार्गको रूपमा रहेको छ जसले विश्वव्यापी वाणिज्य र पेट्रोलियम पदार्थको व्यापारलाई सहज बनाउँछ ।यसको

अवरोधले विश्व व्यापारमा बाधा पुग्नेछ भने पेट्रोलियम पदार्थको मूल्यमा असर गर्छ । अन्तर्राष्ट्रिय व्यापारको लागि महत्वपूर्ण जीवनरेखाको रूपमा रहेको स्वेज नहरमा विश्व राजनीति पनि जोडिएको छ । मार्च २०२१, एभर गिभेन नामको ठूलो कन्टेनर जहाज स्वेज नहरमा फसेको थियो, जसले महत्वपूर्ण जलमार्गलाई लगभग एक हप्तासम्म अवरुद्ध गरेको थियो । जुन अवरोधले विश्व अर्थतन्त्रमा धेरै ठूलो नकारात्मक प्रभाव पारेको थियो ।

अवरोधले अर्बौं डलरको क्षति भएको अनुमान थियो । यसका अन्य अप्रत्यक्ष प्रभाव र दीर्घकालीन नकारात्मक परिणामहरूको अध्यायन भइरहेको छ । यसको सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया