Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ ।

पहिरोमा परेका १९ मध्ये तीनजनाको शव फेला परेको छ । मृतकमध्ये दुई नेपाली हुन्  । दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन । बिहीबार राति साढे ११ बजेको पहिरोले उनीहरू बसेको होटेल नै बगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

गत असारमा मात्र हिमाञ्चलको सिमलामा गएको पहिरोमा परी पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका– ९ टुमिबोटका एकै परिवारका तीनजनाको ज्यान गएको थियो ।

 

 

तपाईको प्रतिक्रिया