Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

पोखरा फेवातालमा एक जना युवाको शव फेला परेको छ । पोखरा-१८ सेदीस्थित वाटरफ्रण्ड रिसोर्टनजिकै तालमा शव तैरिइरहेको अवस्थामा युवाको शव फेला परेको कुरा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तैरिरहेको शवबाट सिन्धुली कमलामाई नगरपालिका-९ का सुजन थापामगर रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिए । प्रहरीले मुचुल्का उठाएर शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाको गण्डकी अस्पतालमा पोस्टमार्टम लागि राखिएको छ ।

तपाईको प्रतिक्रिया