Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बनाइनु पर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताए । उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए । उनले यस प्रकरणमा छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि तर्क गरे ।

उनले भेपमा सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको नाम जोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताए । प्रहरीले मिडिया ट्रायल गरिरहेको उनको भनाइ छ ।

सभापति लामिछानेले ललितानिवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताए । उनले कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरूमाथि छानबिन नगरिएको भन्दै पूर्व प्रधानमन्त्रीहरूलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।

तपाईको प्रतिक्रिया