Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्य एवं सिन्धुपाल्चोक इञ्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पूर्व सांसद समेत रहेका कर्माचार्यलाई पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको भन्दै निष्कासन गरेको हो ।

‘पटक-पटक सम्झाउँदा पनि पार्टी हितविरुद्धका गतिविधि गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ’‚ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनी यसअघि नेकपा एमालेसँग सम्बद्ध थिए । एमालेमा रहेको अवस्थामा ८ वर्षसम्म सिन्धुपाल्चोक जिल्लाको नेतृत्व गरेका कर्माचार्य २०७८ पुसमा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । कर्माचार्य शनिबार नेकपा एमाले फर्कने तयारीमा छन् । त्यसअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले उनलाई निष्कासन गरेको हो ।

कर्माचार्यले भने एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि हुन नसकेको दाबी गरेका छन् । उनी २०३७ सालदेखि नै वाम आन्दोलनमा लागेका थिए । उनले ८ वर्ष एमाले सिन्धुपाल्चोकको नेतृत्व पनि सम्हालिसकेका छन् । एमालेको १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत मनोनीत नभएपछि असन्तुष्ट भएका उनले पार्टीमा विद्रोह गर्दै राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया