Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा ज्येष्ठ सदस्यका हैसियतले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका चित्रबहादुर केसीले राज्य सत्ता नै लुटपाटमा लागेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले कुनै पार्टी र व्यक्ति विशेष मात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा लागेको आरोप लगाएका हुन् । उनले मुलुकको तस्वीर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भीर रुपले अगाडि जानुपर्ने बताए ।

उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उनले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै यसको दोष सबैले लिनुपर्ने उल्लेख गरे । बैठक बस्नका लागि आफूले समिति सदस्यहरुसँग छलफल गर्दा एजेण्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनको भनाइ छ ।

उनले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भए पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराएको बताए ।

तपाईको प्रतिक्रिया