मंगलबार, जेठ १५, २०८१
Tuesday, May 28, 2024

काठमाडौं – करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । सुब्बा भन्सार एजेन्ट हुन् ।

उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । उनले भने,‘उपचार प्रयोजनार्थ उहाँलाई रिहा गरिएको हो, सुनमा असंलग्न भनेर होइन् ।’

घाँटीमा क्यान्सर देखिएकोले उनी उपचार गराइरहेकी छिन् । किमो थेरापी गर्नुपर्ने देखिएपछि उनलाई रिहा गरिएको अधिकारीले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

तपाईको प्रतिक्रिया