Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ । हालसम्म राजस्व अनुसन्धान विभागले मात्र उक्त प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।

हिजो प्रधानमन्त्रीसँग गृहमन्त्री र नेपाल प्रहरीका आईजीपीसँग छलफल गरेपछि सरकार उक्त अनुसन्धानको बाँकी काम सीआईबीलाई जिम्मा लगाउने निष्कर्षमा पुगेको हो । हालसम्म भएका अनुसन्धानको फाइल र पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धानले सीआईबीको जिम्मा लगाउने छ ।

अनुसन्धान पूरा भएपछि राजस्व अनुसन्धान विभागले राजस्व छली र सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने छन् ।

तपाईको प्रतिक्रिया