Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बुधबारेदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखिसकेका छन् । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता छ ।

 

तपाईको प्रतिक्रिया