Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दोलखाका डिएसपी दिपक खड्काका अनुसार स्थानीय यज्ञबहादुर थामाीका १५ महिनाका नाती प्रिन्स थामीको मृत्यु भएको हो ।

गए राति घर माथिबाट आएको पहिरोले पुर्दा अन्य तीन जना घाइते भएका छन् । पहिरोमा पुरिएर बेपत्ता हुने दुई घरका मानिस रहेको गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए । बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकी रहेको शेर्पाले बताए । पहिरोको कारण सात/आठ घर पूर्ण रूपमा क्षति भएका छन् । अझै पनि यकिन विवरण आइनसकेको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया