Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – इस्लामबाद हाईकोर्टले तोसाखाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा आज आफ्नो फैसला सुनाउँदै छ । पीटीआई प्रमुख खानले तोसाखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा सत्र अदालतको आदेशलाई चुनौती दिएका छन्। उच्च अदालतले बिहीबार यस विषयमा इमरान खानले दायर गरेको याचिकामा आफ्नो निर्णय सुरक्षित राखेको छ ।

डन अखबारका अनुसार पाकिस्तानको निर्वाचन आयोगले खानलाई गलत बयान र गलत घोषणा गरेको भन्दै अयोग्य ठहर गरिसकेको छ । खानविरुद्ध गत १० मेमा यो अभियोग लगाइएको थियो।पाकिस्तानको कानुन अनुसार विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ। यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने उसले यसको मूल्य बराबर रकम तिर्नु पर्ने हुन्छ। यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ। यी उपहारहरू कि त तोसाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ।

सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ वटा समान उपहार पाएका थिए । यी महँगो उपहारहरू तोसाखानामा जम्मा गरिएका थिए तर पछि इमरान खानले सस्तो मूल्यमा तोसाखानाबाट किनेर बजारमा महँगो मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानुनमा समेत पनि परिवर्तन गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार इमरानले ती उपहारहरू तोसाखानाबाट २.१५ करोडमा किनेका थिए तर बिक्री गरेर ५.८ करोड रुपैयाँ नाफा कमाउन सफल भए। जुन उपहारमा एउटा ग्राफ घडी, एक जोडी कफलिङ्क, एउटा महँगो कलम, एउटा औँठी र चार वटा रोलेक्स घडीहरूलगायत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया