Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ११ दिनअघि सामाखुसीबाट नालीले बगाएका बालकको शव दक्षिणकालीस्थित बागमती खोलामा फेला परेको छ ।

साउन ७ गते फुटसल खेल्न गएका १३ वर्षीय बालक विधान आलेमगर (साजन) नालीमा खसेका थिए । बाढीआइरहेकाले उनलाई बगाएको थियो ।

त्यसलगतै खोजी सुरु गरेको प्रहरीले बिहीबार दक्षिणकाली नजिक खोलामा शव फेला पारेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

तपाईको प्रतिक्रिया