Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण अवकाश पाउनु एक दिनअघि परिषद्को बिहीबार बसेको बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले सिफारिस गरेको हो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए श्रेष्ठलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । उनले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् । उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन्  ।

संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ । त्यसैअनुसार न्यायपरिषद्ले योग्यता पुगेका सर्वोच्चका सबै न्यायाधीशको नाम संवैधानिक परिषद्लाई पठाएको थियो ।

तपाईको प्रतिक्रिया