Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड बनाएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश, गाउँपालिका प्रमुख र सदस्यका लागि मापदण्ड बनाएको हो ।

प्रवक्ता मुकुल ढकालका अनुसार तोकिएको मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने छ । यदि स्नातकोत्तर नगरेको भए दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड बनाएको छ ।

प्रदेश विभागका पदाधिकारी वा सदस्यका लागि कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव भएको हुनुपर्नेछ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि यही मापदण्ड लागुहुनेछ । पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा कक्षा १२ अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ ।

तपाईको प्रतिक्रिया