Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले  संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । आज (बिहीबार) पनि उनीहरु माईतीघर मण्डलामा प्रदर्शनरत छन् ।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी र मालिकलाई कारबाही गर्नुपर्ने   उनीको माग रहेको छ । माग पुरा गर्नेतर्फ सरकार गम्भीर नभए सिंहदरबार र बालुवाटार घेर्ने लघुवित्त पीडितहरुले बताए । सरकारले पीडकहरुलाई नै संरक्षण गरिरहे सामूहिक आत्महत्या गर्नेसमेत उनीहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया