Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन झिनो अंकले बढेको छ । आज नेप्से तीन अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको छ । आज २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता सेयर एक अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३९९.५४ को विन्दुमा पुगेको छ । आज ट्रेडिङ उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसदिन उक्त उपमूहको समूहगत सूचक सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ । आज १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँचवटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ । यसदिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । प्रोगेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया