Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ बुधबार पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् । जिल्ला अदालत काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि प्रहरीले उनलाई बुधबार राती नै थुनामुक्त गरेको हो ।

प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएको जनाइएको छ । केही साताअघि उनले एक टेलिभिजन अन्तर्वार्तामा तामाङ, मगर र लिम्बू समुदायमा दाजुबहिनीबीच विवाह हुने प्रचलन रहेको भन्दै अभिव्यक्ति दिएपछि उनी विवादमा परेकी थिइन् ।

ती समुदायसँग सम्बन्धित संघसंस्थाले प्रहरीमा उजुरी गरेपछि प्रहरीले बुधबार उनलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया