Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिलाको लागि मात्रै सार्वजनिक बस चलाउने रवि लामिछानेको घोषणा भोटको सस्तो राजनीति भएको टिप्पणी गरेका छन् । चितवनमा लामिछानेले महिलाहरूका लागि निःशुल्क बस सञ्चालन गरेपछि पोखरेलले रविको यस्तो राजनीतिले हामी कता जाँदैछौं भन्ने प्रश्न उठेको बताएका छन् ।

‘पञ्चायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलोपटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाबीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिएँ । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको शुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ’ पोखरेलले भनेका छन्, ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं ।

चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं ।’ दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू शुरुदेखिनै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको पोखरेलको भनाइ छ ।

‘उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एक साथ काम गर्दथे । जबकि अहिले युवाहरूको ठूलो संख्या रोजगारीका सिलसिला मा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेका होलान ? जिज्ञासा उठ्नु स्वाभाविक हो’ पोखरेलले भनेका छन्, ‘नेपाली समाजमा यति बेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।’

 

तपाईको प्रतिक्रिया