Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – कृषि ज्ञान केन्द्र चितवनले गरेको विषादी परीक्षणमा सबैभन्दा बढी विषादी केरामा भेटिएको छ। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९\८० मा ७१८ वटा तरकारी र फलफूलको स्याम्पलको परीक्षण गर्दा सबैभन्दा धेरै विषादी केरामा भेटिएको हाे।

केरापछि धेरै विषादी भेटिएर डिस्पोज गर्नुपर्ने तरकारीमा फर्सी र भेन्टा छन् । गत आर्थिक वर्षमा तीन वटा स्याम्पल डिस्पोज गरिएको थियो । यस आर्थिक वर्षको साउन महिनामा गरिएका परीक्षणहरुमा पनि सबैभन्दा धेरै विषादी केरामा नै भेटिएको सिम्खडाले बताए । केरामा पकाउनको लागि प्रयोग हुने इथालिन र क्याल्सियम कारबोनेट बढी प्रयोग गरेको पाइएको नियमित परीक्षणमा भेटिएको छ ।

ज्ञान केन्द्रका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशत भन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ। ३५ प्रतिशत भन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टाइनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ । चितवनमा प्राय गरेर केरालाई क्वारेन्टाइनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताए । ३५ प्रतिशत भन्दा कम रोकावट आए मात्र केरा खान योग्य हुन्छ ।

अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने सदाबहार फल हो । तर कहिलेकाहीं केरा स्वास्थ्यका लागि हानिकारक पनि साबित हुन सक्छ । यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चिकित्सक बताउँछन् ।

 

तपाईको प्रतिक्रिया