Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संवैधानिक परिषद्को बैठक बस्दैछ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज पनि संवैधानिक परिषद्को बैठक बस्न लागको हो ।

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठक साँझ ५ बजे बस्नेछ । आज बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।

आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भए पछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने बताइन्छ । उनी वरीयताक्रममा अगाडि छन् । जिल्ला र उच्च अदालतमा न्यायाधीश रिक्त छन् ।

तपाईको प्रतिक्रिया