Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गायिका विमला श्रीसको तीज गीत ‘लालुमै झमझम छमछम…’ सार्वजनिक भएको छ । गीत विमला श्रीस युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

विमला श्रीस र शिव कनौजे मगरको स्वर गरेको गीतमा बिन्दु बिसी, सुनिता, कपिल आरके मगर र गोविन्द विकले सामूहिक आवाज दिएका छन् । युवा-युवतीको माया प्रेमको विषयमा तयार पारिएको गीतले एकअर्काको प्रशंसा गरेको छ । लोक लयमा बनेको गीतले मौलिकता बोलेकाले दर्शक/श्रोताले मनपराउने अपेक्षा गरिएको छ ।

शिव कनौजे मगरको लय/शब्द रहेको गीतमा श्यामस्वत रसाईलीको मिक्सिङ/एरेन्ज छ । काजिश श्रेष्ठले कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको म्युजिक भिडिओमा लोमास शर्मा, आरके परियार, सञ्चिता बोलाखे र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस् भिडिओ :-

तपाईको प्रतिक्रिया