Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सुनसरीको धरानस्थित चारकोसे झाडीमा विराटनगरका युवालाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ गरिएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

विराटनगर–५ का रोहित चौधरीमाथि धनुकटाबाट फर्कने क्रममा साउन ५ गते गोली प्रहार भएको थियो । हत्यामा संलग्न भनिएका तीन जनामध्ये दुईलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा उनीहरूलाई सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी राजेशनाथ बास्तोलाले उनीहरूले लुटपाटको उद्देश्यले आक्रमण गरेको र प्रतिकार गर्दा गोली चलाएर हत्या गरेको देखिएको जानकारी दिए ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिम्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङ छन् । प्रहरीका अनुसार दुवै जना लागुऔषध प्रयोगकर्ता हुन् । तिम्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागुऔषध मुद्दामा ६ महिना कारागारको सजाय काटेर निस्किएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

उनीहरू लुटपाटका अन्य घटनामा समेत संलग्न रहेको खुल्न आएको डीआईजी बास्तोलाले बताएका छन् । गोली लागेका चौधरीको उपचारको क्रममा सोही दिन धरानस्थित बीपी प्रतिष्ठानमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया