Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फ्रान्स र जमैका जारी फिफा महिला फुटबल विश्वकपको राउण्ड १६ मा पुगेका छन् । बुधबार सम्पन्न समुह चरणको अन्तिम खेलमा समुह एफबाट फ्रान्स र जमैका समुहमा पहिलो र दोस्रो हुदै राउण्ड १६ मा पुगेका हुन् ।

फ्रान्सले समुह चरणको अन्तिम खेलमा पानामालाई ६-३ गोल अन्तरले पराजित गर्दै समुह विजेता बनेको थियो । फ्रान्सको समुह एफमा ३ खेलमा ७ अंक भएको छ । जमैकाले ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै समुहमा दोस्रो भएर राउण्ड १६ मा पुगेको छ । जमैकाको ३ खेलमा ५ अंक रहेको छ ।

ब्राजिलको ३ खेलमा ४ अंक रहेको छ भने पानामाले आफ्ना तिनै खेलमा हार बेहोरेर समुहमा पुछारमा रहेको छ । यस समुहबाट फ्रान्स र जमैका राउण्ड १६ मा पुगेका छन् । फ्रान्स र जमैका बाहेका अहिलेसम्म स्विडेन, दक्षिण अफ्रिका, इङल्याण्ड, डेनमार्क, नेदरल्याण्डस, अमेरिका, स्वीट्जरल्याण्ड, स्पेन, जापान, नर्वे, अस्ट्रेलिया र नाइजेरियाले राउण्ड १६ मा स्थान सुरक्षित गरेका छन् ।

तपाईको प्रतिक्रिया