Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – ओम प्रकाश गुप्ता कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखबाट राजीनामा गरेकै भोलिपल्ट बाबुराम गौतम मन्त्री बनेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा गौतमले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले शपथ लिए लगत्तै उनले तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । जबेगु र सुनुवार यसअघि विनविभागीय मन्त्री भएका थिए । सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् ।

 

तपाईको प्रतिक्रिया