Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – तामाङ समुदायबारे विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन् ।

यो प्रकरणमा अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते नै जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको थियो । तामाङ र मगर समुदायप्रति विवादित टिप्पणी गरेपछि उनीविरुद्ध ती समुदायका सदस्यहरुले प्रहरीमा उजुरी गरेका थिए ।

उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेपछि आन्दोलन सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया