Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से बुधबार भने ९.२५ अंकले बढ्दै २०८६ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचकसँगै १ सय १७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ८१ कम्पनीको सेयरमूल्य भने घटेको छ । बुधबार कारोबार अवधिभर २ सय ६९ कम्पनीका ९३ लाख ६१ हजार ७ सय ८६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८ सय ५६ रुपैयाँ पुगेको छ ।

आज कारोबार भएकामध्ये शिवम सिमेन्टको सबैभन्दा बढी ११ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै समुहका परिसुचक उकालो लागेका छन् ।

तपाईको प्रतिक्रिया