Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग पार्टी’ अभियान नाम दिएर संगठन विस्तारको कार्यक्रम अघि सारेका छन् । बुधबारदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले पार्टीका सबै तहका नेताहरू जनताको घरदैलोमै बिताउने प्रस्ताव राखेका हुन् ।

प्रचण्डको यो प्रस्ताव पदाधिकारी र स्थायी समितिको बैठकबाट पारित भएर अनुमोदनका लागि केन्द्रीय समितिमा पेस भएको हो । ‘जनतासँग पार्टी’ अभियान ३ महिनाको हुनेछ ।

सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकामदेखि सामान्य वडा र पालिकासम्मका नेता कार्यकर्तालाई यो अभियानमा जोड्ने योजना रहेको उनले बताए । पद र प्रतिष्ठाका लागि जेसुकै पनि गर्ने, अपारदर्शी जीवनशैली जिउने जस्ता प्रवृति बढेको भन्दै प्रचण्डले जनतातिर फर्कनुपर्ने प्रस्ताव गरेका हुन् ।

तपाईको प्रतिक्रिया