Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा आइपुग्दा, सामान्यतया तपाईँले गर्नुपर्ने पहिलो कुराहरूमध्ये एक सुइका (Suica) कार्ड प्राप्त गर्नु हो । सुइका जापानमा दैनिक जीवनको अत्यन्तै सुविधाजनक र लगभग सर्वव्यापी अंग नै हो भन्दा फरक नपर्ला ।

यो कार्ड मूल रूपमा जेआर लाइनहरूका टिकट किन्नका लागि मात्र प्रयोग गरिन्थ्यो तर सुइका कार्डहरू अब अन्य कम्पनीहरूद्वारा सञ्चालित विभिन्न रेल र सब’वे लाइनहरूमा पनि प्रयोग गर्न सकिन्छ । यतिमात्रै होइन, प्रकारका चीजहरूको लागि छिटो र सजिलै भुक्तानी गर्ने तरिका पनि हो । यद्यपि यो विकल्प अहिले छैन, अर्थात् पूर्वी जापान रेलवे (जेआर ईस्ट)ले रिचार्जेबल ई-मनी कार्डको बिक्री खारेज गरेको छ ।

के हुन् र सुइका र पास्मो ?
यदि तपाईँ जापानमा यात्रा गर्न नयाँ हुनुहुन्छ भने सुइका र वैकल्पिक कार्ड पास्मो (Pasmo) विशेष गरी उपयोगी छन् । तपाईँले भुक्तान गर्नको लागि प्याडमा कार्ड ट्याप गर्नु पर्ने भएकोले, टिकट मेसिन वा क्यासियरमा तपाईँ लाइन बस्न पार्दैन । Suica/Pasmo ले तपाईँलाई ट्रेनमा चढ्नु अघि तपाईँको ट्रेन भाडा गणना गर्नु पर्ने झन्झट बचाउँछन् ।

टोकियोको विशाल रेल सञ्जालको नक्सा हेरेर आफू जाँदै गरेको स्टेशनको नाम पत्ता लगाउने प्रयास गर्नुको सट्टा (जसलाई जापानी कान्जीमा मात्र लेखिएको हुन सक्छ) तपाईँले गेटमा प्रवेश गर्ने बित्तिकै आफ्नो कार्ड ट्याप गर्नुहोस् । फेरि जब तपाईँ आफ्नो गन्तव्यबाट बाहिर निस्कनुहुन्छ, र भाडा स्वचालित रूपमा गणना गरिन्छ । यदि तपाईँ परिवार वा साथीहरूसँग यात्रा गर्दै हुनुहुन्छ भने पनि कार्डहरु वरदान नै हुन् । किनकि यसले तपाईँको समूहलाई मेसिनमा रोकिने र प्रत्येक रेल सब’वे सवारी अघि टिकटहरू किन्नु पर्ने समस्या र समय बचाउँछ ।

दुर्भाग्यवश, चलिरहेको विश्वव्यापी सेमीकन्डक्टरको अभावका कारण जेआर ईस्ट र पास्मो कम्पनीले एकैसाथ घोषणा गर्दै यी कार्ड खारेज गरेको बताएका छन् । उनीहरूले अगस्ट २ देखि Suica/Pasmo कार्डहरूको बिक्री खारेज गरेका हुन् । कम्पनीहरूले पहिले नै जुनमा (रजिष्टर्ड नभएका) Suica/Pasmo कार्डहरूको बिक्री स्थगित गरिसकेका थिए तर, अब दर्ता गरिएका कार्डहरू समावेश छन् (जसका लागि खरिदकर्ताले आफ्नो नाम, जन्म मिति र फोन नम्बर प्रदान गर्दछ)।

हाल, मासिक यात्रु रेल पासको भागको रूपमा खरिद गरिएका भौतिक Suica/Pasmo कार्डहरू मात्र उपलब्ध छन् । Suica/Pasmo को मोबाइल संस्करणहरू उपलब्ध छन्, तर विदेशी फोन मोडेलहरू र भुक्तानी विधिहरूसँग मिल्दो वा नहुन सक्छ । JR East वा Pasmo Co ले भौतिक Suica/Pasmo कार्डको बिक्री कहिले सुचारु हुन्छ भन्ने बारेमा केही बताएका छैनन् ।

तपाईको प्रतिक्रिया