Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत विन्दुले घटेर १.३० मा झरेको जनाएको छ । यो अनुपात कामको खोजीमा प्रति १०० मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ । जुन महिनामा कुल बेरोजगारको संख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ ।

तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको संख्या एक प्रतिशतले घटेर सात लाख १० हजार मा झरेको छ । मन्त्रालयको तथ्यांकअनुसार कामबाट बर्खास्त हुनेको संख्या अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले घटेर चार लाख ७० हजारमा झरेको छ ।

तपाईको प्रतिक्रिया